काठमाण्डु, १४ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका मिडिया संयोजक ओमबन्धु कार्कीले जागिर छाडेका छन् ।
कार्कीले व्यक्तिगत कारण देखाएर राजीनामा दिएका हुन् । आयोगका उप–सचिव ढुण्डीराज पोखरेलले विज्ञप्ति जारी गरी कार्कीलाई हटाइएको जनाएका छन् । विज्ञप्तिमा कार्कीको सेवा सम्झौता रद्द गरिएको उल्लेख छ ।
स्रोतका अनुसार अख्तियारले ठूला भ्रष्टाचारीलाई केही नगर्ने र सानालाई मात्र डाम्ने गरेको भन्दै कार्की असन्तुष्ट थिए ।