पाँच वर्षदेखि एउटै बोटमा फर्सी फलेको फल्यै

काठमाण्डु टुडे २०७१ कार्तिक १४ गते १०:१७ मा प्रकाशित

farsiडोल्पा, १४ कात्तिक– डोल्पाको त्रिपुराकोटस्थित बाला त्रिपुरासुन्दरी मन्दिरको करेसाबारीमा फर्सीको एउटै बोटमा पाँच वर्षदेखि फर्सी फलेको फल्यै छ ।
स्थानीय जातको फर्सीको एउटै बोटले पाँच वर्षसम्म लगातार फल दिएपछि देख्नेहरु चकित भएका छन् । २०६७ सालमा मन्दिरका पूजारी उमाकान्त न्यौपानेले उक्त फर्सी रोपेको र हालसम्म फर्सी फलिरहेको स्थानीय नरसिंह कठायतले जानकारी दिए ।

अचम्मको कुरा त के छ भने डोल्पामा अत्याधिक हिउँका कारण कुनै पनि बोटबिरुवा बाह्रै महिना हरियो रहन सक्दैन । तर उक्त फर्सीको बोट भने सदाबहार हरियै रहने गरेको छ ।

फर्सीले बाह्रै महिना फलसमेत दिने गरेको छ । त्यसबारे सुनेपछि टाढाटाढाबाट समेत फर्सी हेर्न आउनेको भीड लाग्ने गरेको कडायतले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us