माघ ८ भित्र संविधान जारी गराउन ११ विद्यार्थी संगठनकाे दबाब दिने

काठमाण्डु टुडे २०७१ कार्तिक १४ गते ९:२३ मा प्रकाशित

काठमाण्डु, १४ कात्तिक –विभिन्न ११ विद्यार्थी संगठनले माघ ८ भित्रै संविधान जारी हुनुपर्ने माग राख्दै दबाब कार्यक्रम गर्ने भएका छन् ।

अनेरास्ववियुको कार्यालय बागबजारमा शुक्रबार बसेको  विद्यार्थी संगठनको संयुक्त बैठकले माघ ८ गते नै संबिधान जारी हुनुपर्ने भन्दै प्रमुख दलका शीर्ष नेतालाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको नेपाल विद्यार्थी संघका प्रवक्ता युपीजानकारी दिए ।

कार्यक्रमको पहिलो चरणमा प्रधानमन्त्री सुशिल कोइराला, सभामुख सुवास नेम्वाङ र सबै राजनीतिक दलका शीर्ष नेतालाई ध्यानाकर्षण पत्र बुझाउने तयारी गरेको उनले बताए ।

बैठकले सरकार र विभिन्न निकायसँग यसअघि भएका सम्झौता कार्यान्वयनका लागि पनि संयुक्तरुपमा पहल थाल्ने निर्णय गरेको छ । देशभरका विश्वबिद्यालयका पदाधिकारीमाथि भ्रष्टाचारको आरेप लागिरहेको विषयमा पनि सरकारका ध्यानाकर्षण गराइने प्रवक्ता लामिछानेले बताए ।

विद्यार्थीहरुले प्रधानमन्त्रीले भाडा नबढाउन दिएको निर्देशनविपरीत यातायात व्यवसायीले अर्को हप्ताबाट भाडा बढाउने भनी दिएको अभिव्यक्तिको समेत विरोध गरेका छन् ।

पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्य घट्दा पनि यातायात व्यवसायीले भाडा बढाउछु भन्नु गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति भएको भन्दै त्यसो भए आन्दोलनको विकल्प नभएको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us