
काठमाण्डु– विदेशबाट नेपाल फोन गर्दा महँगो शुल्क लाग्नुको कारण नेपाली दूरसञ्चार कम्पनी देखिएका छन् ।
दुरसञ्चार कम्पनीले अन्तर्राष्ट्रिय फोन आउँदा एक अर्कासँग लिने अन्तरआवद्धता शुल्कमा ‘कार्टेलिङ’ गरेकै कारण महँगो पर्ने गरेको हो । विदेशबाट आएको कल टर्मिनेसन गर्ने अधिकार पाएका ६ दुरसञ्चार कम्पनीले ‘सहमति’ गर्दै यस्तो शुल्क ५ रुपैयाँ प्रतिमिनेट राखेका छन् ।
यसकै कारण विदेशी कम्पनीले चाहेर पनि नेपालमा हुने कल यो भन्दा सस्तो बनाउन नसकेका हुन् । दुरसञ्चार प्राधिकरणले यस्तो दर २०६७ मा घटाउन प्रयास गरे पनि त्यसपछि भने पहल र नियमन भएको छैन । टर्मिनेशन भनेको एक कम्पनीले अर्को कम्पनीलाई कल उपलब्ध गराउनु हो ।