अवैध चुरोट र कपडा बरामद

काठमाण्डु टुडे २०७१ कार्तिक १४ गते २:५४ मा प्रकाशित

इलाम, १४ कात्तिक– अञ्चल प्रहरी कार्यालय झापाको विशेष टोलीले इलामको पशुपतिनगर–मानेभञ्ज्याङ इलाकाबाट करिब तीन लाख मूल्य बराबरका अवैध सामग्री बरामद गरेको छ ।

पशुपतिनगर नाकाबाट नेपाल भित्रयाउन लागिएको दुई लाख ८६ हजार १९०  बराबरको चुरोट र लत्ताकपडा बरामद भएको हो ।

बरामद गरिएका सामग्री भन्सार कार्यालय पशुपतिनगरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय इलामका निरीक्षक पदम थपलियाले जानकारी दिए ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us