
काठमाण्डु, १३ कात्तिक – आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ३ को फाइनलमा नेपालले युगाण्डालाई ६२ रनले हराउँदै डिभिजन ३ विजेता बनेकाे छ । याे जितसँगै नेपाल दोश्रो पटक डिभिजन ३ च्याम्पियन बनेकाे छ । अाजकाे खेलमा नेपाललाई युगाण्डाले २२४ रनको लक्ष्य दिएको थियाे ।
टस जितेर व्याटिङ राजेको नेपालले एक बल खल्न बाँकी छदै सबै विकेट गुमायो र २२३ रन जोड्यो । आजको खेलमा तीन व्याट्सम्यानले अर्धशतक बनाएका थिए ।
नेपालको लागि सागर पुनले सर्वाधिक ६४ रन जोडे । अर्का ओपनर नरेश बुढाएरले ५१ रन बनाए । आजको खेलमा उपकप्तान ज्ञानेन्द्र मल्लले पनि अर्धशतक पूरा गर्दै ५६ रन जोडे ।
कप्तान पारस खड्का १३ रनमा आउट भए भने अन्य व्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।
युगाण्डाको लागि आजको खेलमा मुकासाले ६ विकेट लिए । उनले ३ ओभर ५ बल फाल्दै २७ रन मात्रै खर्चेर उत्कृष्ट प्रदर्शन देखाए । नेपालको लागि मुकासाको बलिङ घातक सावित भयो ।