नयाँ उद्योग व्यवसाय ऐन ल्याउने : उद्योगमन्त्री बस्नेत

काठमाण्डु टुडे २०७१ कार्तिक १३ गते ५:०२ मा प्रकाशित

पथरी, १३ कात्तिक – उद्योगमन्त्री महेश बस्नेतले सरकारले नयाँ उद्योग व्यवसाय ऐन ल्याउन लागेको बताएका छन् ।

mahesh basnetछठ पूजामा अस्ताउँदो सूर्यलाई अर्घ दिन विराटनगरको सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा आइपुगेका मन्त्री बस्नेतले बिहिबार सञ्चारकर्मीसँग कुराकार्नी गर्दै उद्योग ऐन आएपछि ५० हजार युवाले प्रत्यक्ष रोजगार पाउने छ भने ।

उक्त ऐनमा साना तथा ठूलो उद्योगलाई समेट्ने र सुनसरी मोरङ औद्योगिक करिडोर क्षेत्रको विकासका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
जुट उद्योग बन्द हुन थालेको खबरले आफू स्तब्ध भएको उल्लेख गर्दै मन्त्री बस्नेतले जुट उद्योग नेपालको इतिहास भएकाले बन्द रहेका त्यस्ता उद्योगलाई सरकारले सकेसम्म सहयोग गर्ने बताए ।

एमालेका युवानेतासमेत रहनुभएका मन्त्री बस्नेतले अर्काे फरक प्रसङ्गमा तोकिएको समयमा सबैलाई मान्य हुने संविधान र सङ्घीय प्रदेशको खाका आवश्यक छ भने । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us