विदेश जानेलाई अनुदान

काठमाण्डु टुडे २०७१ कार्तिक १२ गते ११:१३ मा प्रकाशित

नवलपरासी, १२ कात्तिक – जिल्ला कृषि विकास कार्यालयले विदेश जाने र विदेशबाट फर्किएका युवालाई लक्षित गरी विभिन्न कृषि कार्यक्रम ल्याएको छ ।

कार्यालयले व्यवसायिक तरकारीखेती, मौरीपालन, च्याउखेती र माछापालनमा अनुुदान ल्याएको हो ।

कार्यक्रमका लागि इच्छुक युवासँग आवेदन माग गरी सकिएको कार्यालयले जनाएको छ । आवेदनसँगै राहदानीको फोटोकपिसमेत मागिएको कार्यलयका योजना अधिकृत शिव चौधरीले बताए ।

जिल्लाका ६० जना व्यावसायिक तरकारीखेती गर्ने युवालाई ६० हजारका दरल,े ४० जनालाई ४० हजारका दरले र मौरीपालनमा एक लाख ८० हजारका दरले अनुदान उपलब्ध गराइनेछ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us