मेस्सी, रोनाल्डो, नेयमार र डी मारियासहित २३ वर्ष खेलाडीको नाम चयन

काठमाण्डु टुडे २०७१ कार्तिक १२ गते ४:२८ मा प्रकाशित

काठमाण्डु- फुटबलको विश्व संस्था फिफाले २०१४ का लागि वर्ष खेलाडीको प्रारम्भिक चरणको सूची सार्वजनिक गरेको छ ।
messiफिफाले पहिलो चरणमा २३ जनाको प्रारम्भिक सूची सार्वजनिक गरेको हो । जसमा जर्मनीमा मात्र ६ खेलाडी छन् । यस्तै स्पेन र अर्जेन्टिनाबाट ३/३ तथा फ्रान्स र बेल्जियमका २/२ खेलाडी सूचीमा परेका छन् । वेल्स, पोर्चुगल, स्वीडेन, नेदल्याण्ड्स, कोलम्बिया, ब्राजिल र आइभरी कोष्टबाट १/१ जना छन् ।
अघिल्लो संस्करणका विजेता पोर्चुगलका क्रिष्टियानो रोनाल्डो यो वर्ष पनि सूचीमा परेका छन् । जर्मनीका मोरियो गोट्ज, टोनी क्रुस, फिलिप लाहम, थोमर मुलर, म्यानुयल नुएर र बास्टेन स्वान्सटाइगरको
ronaldo नाम प्रारम्भिक सूचीमा रहेको फिफाले जनाएको छ । वेल्सबाट गारेथ बेल,  अर्जेन्टिनाबाट लियोनेल मेसी, जाभिएर मास्चेरानो र एन्जल डि मारिया छानिएका छन् ।
ब्राजिलबाट नेयमार, स्वीडेनबाट ज्लाटन एब्राहमोविच, बेल्जियमबाट एडिन हजार्ड, स्पेनबाट डियगो कोष्टा, आन्द्रेस इनेष्टा र सर्गियो रामोस २३ भित्र परेका छन् । उरुग्वेका चर्चित स्ट्राइकर लुइस स्वारेज भने सूचीमा अटाएनन् ।
neymarउत्कृष्ट प्रशिक्षकको सूचीमा जर्मनीका जोचिम लोउसँगै, नेदरल्याण्ड्स र म्यानचेष्टर युनाइटेडका प्रशिक्षक लुईस भान हाल, अमेरिकी प्रशिक्षक यर्गन क्लिन्सम्यान, रियाल मड्रिडका कार्लो एन्सिलोट्टी, अर्जेन्टिनाका अलेहान्द्रो साबेला, चेल्सीका जोजे माउरिन्हो लगायत सूचीमा छन् ।
आगामी डिसेम्बरमा हुने अन्तिम छनोटमा तीन जनाको नाम चयन हुनेछ । सन् २०१५ को जनवरी १२ तारिखमा जुरिच एक भव्य कार्यक्रमबीच उत्कृष्ट खेलाडीको घोषणा गरिनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us