नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाने ४६ प्रहरी अख्तियारको फन्दामा,को-को छन् नक्कली प्रमाण पेश गर्ने ?

काठमाण्डु टुडे २०७१ कार्तिक ११ गते ७:५० मा प्रकाशित

काठमाण्डु  –  नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाईरहेका ४६ जना नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीहरु अख्तियारको फन्दामा परेका छन् ।

logo-nepal-policeयसरी नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाने प्रहरी अधिकृत देखि जवानसम्मका कर्मचारीलाई अख्तियारले विषेश अदालतमा मुद्धा दायर नै गरेको छ । साउन यता मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ४ सय ५० भन्दा बढी उजुरी पुगेका थिए ।  गत बर्ष र हाल  १२ सय भन्दा बढी उजुरी माथि अख्तियारले छानविन गरिरहेको अख्तियारका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।

आर्थिक वर्ष २०७०/७१ मा मात्रै नक्कली शैक्षिक प्रमाणपत्र लिएका ८० जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । जस अन्तरगत ४६ जना सुरक्षा निकाएका कर्मचारी परेका हुन् । चालू आर्थिक वर्षको अहिलेसम्म थप ३० जना भन्दा बढी कर्मचारी विरुद्ध मुद्दा दायर गरिसकेको छ ।

अख्तियारका अनुसार कर्मचारीले पेश गरेको नक्कली शैक्षिक प्रमाणपत्रमध्ये अधिकांश भारत उत्तरप्रदेशका विभिन्न शैक्षिक निकायका छन् । बिहार इन्टरमिडियट एजुकेसन काउन्सिलका मात्रै ६ सय नक्कली शैक्षिक प्रमाणपत्र भेटिएका छन् । त्यस्तै त्रिभुवन विश्वविद्यालयका समेत केही नक्कली शैक्षिक प्रमाणपत्र भेटिएका छन् ।

यसरी नक्कली शैक्षिक प्रमाण पत्र पेश गरी जागिर खाने को को छन् ?
प्रहरी निरिक्षक
गोपाल धमला, नरबहादुर विष्ट, जितेन्द्र भट्टराईले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको बिभागले भेटायो ।

प्रहरी नायव निरिक्षक
यज्ञज्योती ढुंगाना, गणेशबहादुर राउत, माधवप्रसाद रिजाल, विष्णुप्रसाद पाण्डे, बलबहादुर विष्ट, राजु सुवेदी, धनबहादुर पुन, खम्बबहादुर खड्का, ठाकुरप्रसाद शर्मा, रणबहादुर कुँवर, विना श्रेष्ठ, मेघराज रेग्मी, बालकृष्ण थापा, देवेन्द्रबहादुर कुँवर, धनबहादुर मल्ल, लिबहादुर खत्री, वीरबहादुर चन्द, कविराज कार्की,  हरि गोविन्द पुरी, राजेन्द्रकुमार सिटौला, धमेन्द्र शाह, शिबहादुर थापा मगर, कृष्णबहादुर विष्ट, शुशिला राउत छन् ।

प्रहरी सहायक निरिक्षक
रामचन्द्र पुरी, देवेन्द्र केसी, उर्दल गिरी, अग्रेज चौधरी, बालकृष्ण श्रेष्ठ, जनकराज भुषाल, रन्जनभक्त पौडेल, अञ्जु लामीछाने, महिमन सिंह विष्ट, ढकबहादुर क्षेत्री, रहेका छन् ।

प्रहरी हवल्दार
धनन्जय खड्का, गोपालबहादुर खत्री, भिमसेनकुमार श्रेष्ठ, नारायणप्रसाद अधिकारी रहेका छन् ।
apf

सशस्त्र प्रहरी निरिक्षक
शंकर सिंह, तकमान महरा र सशस्त्र प्रहरी सहायक निरिक्षक रामप्रसाद ढुंगानालाई पनि बिभागले नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेको भेटाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us