दक्षिण अफ्रिकी फुटबल कप्तानको प्रेमिकाको घरमा गोली हानी हत्या

काठमाण्डु टुडे २०७१ कार्तिक ११ गते २:०६ मा प्रकाशित

senjoजोहानेसवर्ग, १० कात्तिक– दक्षिण अफ्रिकी फुटबल टोलीका कप्तान तथा गोलरक्षक सेन्जो मेयिबाको आइतबार गोली हानी हत्या भएको छ ।

जोहानेसवर्गको बोसुलस्थित प्रेमिका केली खुमानोको घरमा सेन्जोको गोली हानी हत्या भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रेमिकाको घरमा गोली लागेपछि सेन्जोलाई अस्पताल पुर्‍याइएको थियो । चिकित्सकका अनुसार अस्पताल पुर्‍याउनु अगावै उनको निधन भइसकेको थियो ।

घटनाको कारणबारे भने विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ । सेन्जोको हत्याबारे सूचना दिनेलाई प्रहरीले ८५ सय पाउन्ड पुरस्कार दिने घोषणा गरेको छ ।

एजेन्सीका अनुसार एक संकास्पद व्यक्ति पछाडि ढोकाबाट घरभित्र छिरेका थिए । प्रहरीले संकास्पद व्यक्ति र सेन्जोबीच झडप भएको अनुमान गरेको छ । प्रहरीले घरभित्र मोबाइल, खाद्यान्न तथा अन्य बस्तु छरिएको अवस्थामा रहेको बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us