
काठमाण्डु, १० कात्तिक – मलेसियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन ३ अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल वर्षाका कारण रद्ध भएकाे छ । खेल पुन: मङगबार हुनेछ ।
वर्षाले अवरूद्ध खेलमा नेपालले ३० अाेभरकाे खेलमा १६२ रनको नयाँ लक्ष्य पाएको थियाे । तर, वर्षा नराेकिएपछि खेल नै रद्ध भएकाे हाे ।
क्वालालम्पुरको किनरारा एकेडेमी ओभल मैदानमा टस जितेर अमेरिकाले पहिला ब्याटिङ गरेको अमेरिकाले नेपाललाई जितका लागि २ सय ५ रनको लक्ष्य थियो ।
नेपालले आफ्नो जवाफी इनिङ सुरु गर्नुअघि खेल वर्षाले अवरुद्ध भएको हो।
अमेरिकाको लागि स्टेभ मासियाले सर्वाधिक ७४ रन जोडे। शक्ति गौचनको बलमा आउट हुनुअघि ६० बल खेलेका उनले ५ छक्का र ५ चौका प्रहार गरेका थिए। त्यस्तै ओपनर फहाद बाबर ४७ रन बनाएर सागर पुनको बलमा आउट भए।
नेपालको लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। शक्ति गौचन, बसन्त रेग्मी र सागर पुनले समान २(२ विकेट लिएका थिए।
दुई खेलमा जित र एक खेलमा हार व्यहोरोको नेपालको चार अंकका साथ समूहको दोस्रो स्थानमा छ भने दुई खेलमा हार र एकमा जित हात पारेको अमरिकाको खातामा २ अंक छ।
प्रतियोगिताको शीर्ष दुई टोली डिभिजन २ बढूवा हुने छन् ।
आजको खेल जितेमा नेपाल डिभिजन २ मा उक्लने सम्भावना बलियो हुनेछ। यसअघि नेपाल पहिलो खेलमा युगान्डासँग २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा बर्मुडालाई ८ विकेटले हराएको थियो।