सिंगापुरविरुद्ध नेपालको १९० रनको फराकिलो जीत

काठमाण्डु टुडे २०७१ कार्तिक ९ गते ५:४९ मा प्रकाशित

काठमाण्डु, ९ कात्तिक मलेसियामा जारी आइसिसी लिग डिभीजन तीनअन्तर्गत नेपालले तेस्रो खेलमा सिंगापुरविरूद्ध सानदार जित हात पारेको छ।
Nepali Cricketसोमपाल कामी र ज्ञानेन्द्र मल्ल चम्केपछि नेपालले सिंगापुरलाई १९० रनको फराकिलो अन्तरले पराजित गरेको हो । २६४ रनको लक्ष्य पछ्याएको सिंगापुर नेपाली बलरसामु निरीह हुँदै २१।४ ओभरमा ७३ रनमा अल आउट भए ।
नेपालका लागि सोमपाल कामी र व सन्त रेग्मीले सर्वाधिक ४-४ विकेट लिए। ९ ओभर बलिङ गरेका कामीले ३ मेडन ४१ रन खर्चेर राख्दै ४ विकेट लिए । यस्तै ५.४ ओभरमा रेग्मीले ६ रन खर्चदै ४ विकेट लिए ।
अमृत भट्टराई र वसन्त रेग्मीले समान २-२ विकेट लिए । त्यसअघि बायुमास ओभल,सेलाङ्गोर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले  निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २६३ रन बनाएको थियो ।
नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ११४ रन बनाए । १२५ बल खेलेका मल्लले १३ चौका र १ छक्का प्रहार गरेका थिए। यस्तै ओपनर नरेश बुढाऐर २९ रनमा आउट भए । उनले ५९ बलको सामना गरेका थिए । १३ बल खेलेका सागर पुनले अन्तिममा आक्रमक ब्याटिङ गर्दै २१ रन बनाए । उनले १ छक्का र २ चौका प्रहार गरेका थिए ।
शरद भेसवाकरले २५, वसन्त रेग्मी २१, कप्तान पारस खड्का १४, विनोद भण्डारी ८, सोमपाल ६, शक्ति गौचन ५ रन बनाए ।
यसअघि युगान्डासँग नेपाल पहिलो खेलमा पराजित भएको थियो भने दोस्रो खेलमा बर्मूडालाई ८ विकेटले हराएको थियो । एक सातासम्म चल्ने प्रतियोगिता नेपालसहित मलेसिया, बर्मुडा, सिंगापुर, अमेरिका र युगान्डा सहभागी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us