
काठमाण्डु, ३ कात्तिक – एसिसी प्रिमियर लिगका लागि नेपाल क्रिकेट संघले राजु सिलवालको नेतृत्वमा १८ जना खेलाडीको छनोट गरेको छ।
लिग कात्तिक २१ गतेदेखि कुवेतमा हुनेछ । नेपाली टोलीका उपकप्तान आरीफ शेख रहने क्यान सोमबार जारी गरेको विज्ञप्तिमा जनाए छ।
कात्तिक ३० गतेसम्म हुने प्रतियोगिताका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा छानिएका अन्य खेलाडीमा निरज मुखिया, ईर्साद अहमद, आशिष धामी, हेमन राई, शंकरा राना, प्रेम तामाङ, सौरभ खनाल, सन्दिप सुनार, योगेन्द्र कार्की, कुशल भुर्तेल, राजवीर सिंह छन्।
सुशील कँडेल, सुनिल धमला, दिपेन्द्र ऐरी र अर्जुन चापागाईँलाई दोस्रो चरणको बन्द प्रशिक्षकमा छानेको क्यानले जनाएको छ। नेपालसहित अफगानिस्तान, युएई, मलेसिया, साउदी अरब र कुवेतले प्रिमियर लिग खेल्नेछन्।