
काठमाण्डु, २ कात्तिक–व्यवस्थापिका–संसदले चालु आर्थिक वर्ष ०७१÷०७२ को बजेट पारित गरेकोे छ ।
संविधानसभा भवन नयाँबानेश्वरमा आइतबार बसेको संसद् बैठकले असार २९ गते पेश भएको ६ खर्ब २० अर्ब बराबरको बजेट बहुमतले पारित गरेको हो ।
यस्तै बैठकले राष्ट्र ऋण उठाउने विधेयक २०७१ लाई बहुमतले पारित गरको छ । यसअघि बैठकमा अर्थमन्त्री रामशरण महतले विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । अर्थमन्त्री महतले प्रस्तुत गरेको ऋण तथा जमानत बीसौँ संशोधन विधेयक–२०७१ लाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरको थियो ।
यसैबीच आर्थिक वर्षको बजेट पारित भएसँगै वर्षे अधिवेशन स्थगित गर्ने परम्परा रहे पनि केही दिन ढिला मात्र यो अधिवेशन समापन हुने भएको छ ।
सरकारले देवानी संहिता २०७१ र फौजदारी संहिता २०७१ विधेयक संसदमा ल्याउन लागेकाले यी पारित भएपछि मात्रै वर्षे अबिधेशन स्थगित गर्ने तयारी संसद् सचिवालयले गरेको हो ।