
काठमाण्डु, २ कात्तिक– कोरियाको इन्चोनमा हालै सम्पन्न १७ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) का क्रममा दक्षिण कोरियामा लुक्ने चार नेपाली खेलाडीलाई १० वर्षको प्रतिबन्ध लागेको छ ।
युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको एसियाड कार्य सम्पादन समितिको आइतबारको बैठकले ती खेलाडीलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो । बैठकले सेपाकताक्रोका अमन पोडे, उसुका सोमबीर तामाङ र निराजन आले तथा एथलेटिक्सका तिलकराम थारुलाई १० प्रतिबन्ध लगाएको हो ।
एसियाडमा नेपालका २५ खेलका दुई सय ६ खेलाडी सहभागी रहेकामा चारजना प्रतियोगिता सकिएपछि उतै भागेर लुकेका थिए ।