
काठमाण्डु, २७ असोज– सत्रौं एसियाली खेलकुद प्रतियोगितामा राष्ट्रका लागि एक मात्र कास्यपदक जित्ने कराते खेलाडी विमला तामाङलाई त्रिभुवन आर्मी क्लबबाट खेल्ने भएकी छन् ।
बालाजु कराँते डो एकेडेमीबाट खेल्दै आएकी विमलाले आगामी दिनमा आर्मी क्लबबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने गरी सोमबार सम्झौता भएको छ ।
सम्झौता पत्रमा आर्मी क्लबका तर्फबाट प्रमुख सेनानी प्रकाशजंग कार्की र एकेडेमीका तर्फबाट प्रशिक्षक ध्रुवविक्रम मल्लले हस्ताक्षर गरे ।
सम्झौताअनुसार विमलाले नियमित अभ्यास बालाजु एकेडेमीबाटै गर्नेछिन् । आर्मी क्लबले उनलाई आगामी कात्तिक महिनादेखि लागू हुने गरी मासिक १० हजार रूपैयाँ प्रदान गर्नेछ । करारमा नियुक्त भएकी उनले आर्मी क्लबबाट प्रतियोगिता मात्र खेल्नेछिन् ।