महिला क्रिकेटर नेरी थापा र सोनु खड्कामाथि ६ महिना प्रतिबन्ध

काठमाण्डु टुडे २०७१ असोज २६ गते ११:०४ मा प्रकाशित

काठमाण्डु, २६ असोज –  नेपाली महिला क्रिकेट टोलीका खेलाडीद्वय नेरी थापा र सोनु खड्का कारबाहीमा परेका छन्।

neriनेपाल क्रिकेट संघ क्यानले अनुशासन विपरित काम गरेको भन्दै क्रिकेटर थापा र खड्कालाई क्यानको बोर्ड बैठकले ६ महिना प्रतिवन्ध लगाएको हो।

महिला सिनयर टोलीका पूर्व कप्तान समेत रहेकी नेरी सफल क्रिकेटर मध्ये एक हुन् । नेपालका लागि पहिलो शतकको कीर्तिमान उनकै नाममा छ ।

स्रोतका अनुसार १७ औं एसियाडका लागि दक्षिण कोरिया जानुअघि नेरी र सोनुले होटलमा अभद्र व्यवहार गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us