विश्व विजेता जर्मनी पोल्याण्डसँग स्तब्ध

काठमाण्डु टुडे २०७१ असोज २६ गते ३:२९ मा प्रकाशित

काठमाण्डु, २६ असोज– विश्व विजेता जर्मनी युरो कप छनोट फुटबलमा पोल्याण्डसँग स्तभ्ध भएको छ ।
polyand vs jarmaniशनिबार राति भएको खेलमा पोल्याण्डबाट जर्मनी २–० गोल अन्तरले पराजित भएको हो । जर्मनीमाथि पोल्याण्डको यो अहिलेसम्मकै पहिलो जित हो ।

जर्मनीले २००७ अक्टोबरमा चेक रिपब्लिकसँग हारेपछि छनोट चरणमा पहिलो हार व्यहोरेको हो । घरेलु मैदानमा भएको खेलमा पोल्याण्डले ५१ औं मिनेटमा मिलिकको गोलमा खाता खोलेको थियो ।

८८ औं मिनेटमा मिलाले गोल गर्दै टिमको जित पक्का गरे । जितपछि पोल्याण्ड ६ अंकका साथ समूह ‘डी’ को शीर्ष स्थानमा उक्लिएको छ । यस्तै ३ अंक जोडेको जर्मनी तेस्रो स्थानमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us