विमलालाई १० लाख दिने सरकारको घोषणा

काठमाण्डु टुडे २०७१ असोज २५ गते १२:३६ मा प्रकाशित

काठमाण्डु, २५ असोज– दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७ औं एसियाली खेलकुदमा नेपालका लागि एक मात्र कास्यपदक विजेता कराते खेलाडी विमला तामाङलाई BimalaTamangसरकारले १० लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।

विमलाको सम्मानमा तामाङ समाजले राजधानीमा शनिबार गरेको कार्यक्रममा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले उक्त पुरस्कारको घोषणा गरेका हुन् । पूर्वनिर्णयअनुसार सरकारले विमलालाई १० लाख दिन लागिएको पौडेलले बताए ।
पौडेलले खेलाडीको व्यवसायिक सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको दाबी गर्दै अब कुनै पनि खेलाडीले रोजीरोटीका लागि विदेशिनु नपर्ने उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us