
काठमाण्डु, २२ असोज मलेसियामा अर्को महिना हुने आईसीसी क्रिकेट लिग डिभिजन थ्री तयारीका लागि नेपाली टोली श्रीलंका जाने भएको छ ।
टोली २६ असोजमा श्रीलंका प्रस्थान गर्नेछ । श्रीलंका तीन अभ्यास खेल खेलेर टोली कात्तिक ४ गते सिधै मलेसिया पुग्नेछ ।
डिभिजन थ्री कात्तिक ६ गतेबाट सुरु हुनेछ । पहिलो दिन नेपालले युगाण्डासँग खेल्नेछ । डिभिजन थ्रीका लागि पारस खड्काको कप्तानीमा नेपाली टोली घोषणा भइसकेको छ ।