मेसीविरुद्ध कर छलीको आरोपमा मुद्धा

काठमाण्डु टुडे २०७१ असोज १८ गते ९:५९ मा प्रकाशित

messiकाठमाण्डु, १८ असोज अर्जेन्टिना र स्पेन फुटबल क्लव बार्सिलोनाका सुपरस्टार खेलाडी लियोनल मेसीविरुद्ध कर छलेको आरोपमा स्पेनमा मुद्दा चल्ने भएको छ ।

स्पेनका एक न्यायाधीशले अभियोजन पक्षको मेसीको वित्तीय मामिलाका लागि उनका पिता जिम्मेवार रहेको भन्ने जिकिर खारेज गरेका छन् ।

लियोनल मेसीमाथि लागेको आरोप फिर्ता लिन माग गर्दै दायर रिट खारेज गरिएको हो । न्यायाधीशले त्यस्तो अपराधमा कुनै व्यक्तिलाई एकाउन्टिङ र विजनेश सञ्चालनको ज्ञान नभएको भन्न नमिल्ने बताएका छन् ।

मेसी र उनका पिता होर्गेमाथि उनीहरुले ८० करोड रुपैयाँभन्दा बढी कर छली गरेको आरोप छ । दुवैले यो आरोपको खण्डन गरेका छन् । अब मेसी र उनका पितासँग अपिलका लागि पाँच दिन समय दिइएको छ ।

मेसी र उनका पितामाथि उनीहरुले सन् २००७ देखि २००९ सम्मको आफ्नो आम्दानी लुकाएको आरोप छ । मेसीले यो अवधिमा विभिन्न विज्ञापनबाट रकम आर्जन गरेका थिए

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us