आइसीसी डिभिजन ३ मा नेपालकाे पहिलाे खेल युगाण्डासँग, खेलतालिका सार्वजनिक

काठमाण्डु टुडे २०७१ असोज १४ गते ११:०३ मा प्रकाशित

काठमाण्डु,१४ असाेज – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले वर्ल्ड क्रिकेट लीगको डिभिजन ३ को खेलतालिका सार्वजनिक गरेको छ। खेल आयोजना हुन मात्र तीन हप्ता बाँकी रहँदा मंगलबार आइसीसीले खेल तालिका सार्वजनिक गरेको हो। डिभिजन ३ कार्तिक ६ गतेदेखि १३ गतेसम्मसम्म मलेसियामा हुनेछ। 

Nepal Under16 Cricket Teamआठ दिन चल्ने डिभिजन ३ क्रिकेट मलेशियाको किनरारा, बायउमस, सेलेङ्गर टर्फ क्लबको मैदानमा खेलाइनेछ भने फाइनल खेल किनरारा मैदानमा हुनेछ। डिभिजन ३ मा नेपाल, बर्मुडा, सिंगापुर, युगाण्डा, अमेरिका र आयोजक राष्ट्र मलेशिया रहेका छन्। 

डिभिजन ३ का विजेता र उपविजेताले सन् २०१५ को जनवरी १७ देखि २४ तारिखसम्म नामिबियामा डिभिजन २ मा खेल्नेछन्। 

यस्तो छ नेपालको तालिका:
कार्तिक ६ गते : युगाण्डा विरुद्ध (किनरारा मैदान)
कार्तिक ७ गते : बरमुडा विरुद्ध (सेलेङ्गर टर्फ क्लब)
कार्तिक ९ गते : सिंगापुर विरुद्ध (बायउमस मैदान)
कार्तिक १० गते : अमेरिका विरुद्ध (किनरारा मैदान)
कार्तिक १२ गते : मलेसिया विरुद्ध (सेलेङ्गर टर्फ क्लब)
कार्तिक १३ गते : फाइनल

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us