मेसीले पुर्‍याए ४०१ गोल

काठमाण्डु टुडे २०७१ असोज १३ गते २:०५ मा प्रकाशित

एजेन्सी–अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले व्यक्तिगत ४०१ गोल पूरा गरेका छन् ।
messi 2स्पेनिस लिगअन्तर्गत शनिबार राति सम्पन्न ग्रानेडाविरुद्धको खेलमा मेसीले दुई गोल गर्दै उपलब्धी हात पारेका हुन् । फुटबल जगतमा २७ वर्षको उमेरमा चार सयौं गोल पार गर्ने उनी एकमात्र खेलाडी बनेको स्पेनिस पत्रिकाहरुले जनाएका छन् ।
मेसीले इतिहास रचेको शनिबार बार्सिलोनाका लागि ब्राजिलियन युवा स्ट्राइकर नेमार जुनियरले ह्याट्रिक गरेका थिए । स्पेनिस लिगमा नेमारको यो पहिलो ह्याट्रिक हो ।

सो खेलमा बार्सिलोनाले ग्रानेडालाई ६–० को फराकिलो अन्तरले हरायो । स्पेनिस लिगमा बार्सिलोनाले ६ खेलमा पाँच जित र एक बराबरी नतिजा निकालेको छ ।
बार्सिलोना मालागासँग मात्र बराबरीमा रोकिएको थियो ।

मेसीले पहिलो हाफमा एक गोल गर्दै आफ्नो व्यक्तिगत चार सयौं गोल गरे । दोस्रो हाफमा थप एक गोल गर्दा मेसीले ४०१ औं गोल संख्या पुर्‍याए । मेसीले बार्सिलोना र राष्ट्रिय टोलीबाट ५२४ खेल खेलेका छन् । नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us