माल्दिभ्सलाई ७ विकेटले हराउँदै नेपाल एसियाड क्रिकेटकाे क्वार्टरफाइनमा

काठमाण्डु टुडे २०७१ असोज १२ गते ७:१२ मा प्रकाशित

काठमाण्डु, १२ असोज – १७ औं एसियाडमा नेपालले  माल्दिभ्सलाई ७ विकेटले हराउँदै  क्रिकेटमा क्वार्टरफाइनलमा प्रवेश गरेकाे छ ।

U-16-cricket1जितसँगै नेपाल समूह बीको विजेताका रुपमा क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अब नेपालले असोज १५ गते अफगानिस्तानसँग खेल्नेछ ।

आइतबार इन्चोनमा माल्दिभ्सले प्रस्तुत गरेको ५४ रनको विजयी लक्ष्य नेपालले १४.२ ओभरमा मात्र ३ विकेटको क्षतिमा भेट्टायो । नेपालका ओपनर सुवास खकुरेल २७ रनमा अविजित रहे ।

कप्तान पारस खड्काले १५ रन जोडे । शरद भेसवाकर ६ रनमा अविजित रहे । सागर पुन र ज्ञोनन्द्र मल्लले १-१ रन बनाए ।

यसअघि पहिले व्याटिङ गरेको माल्दिभ्सले १८.५ ओभरमा ५३ रन बनाउँदा सबै विकेट गुमाएको थियो । उसलाई सस्तैमा समेट्ने क्रममा सागर पुन, भुवन कार्की र शक्ति गौचनले समान २/२ विकेट लिए भने सोमपाल कामी र बसन्त रेग्मीले १/१ विकेट लिएका छन् ।

नेपालले हिजाे भएकाे पहिलाे खेलमा कुवेतलाई ९ विकेटले पराजित गरेकाे थियाे । 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us