नेपाली टोलीले मिलेमतोमा खेल हारेको आशंका, छानबिन सुरु

काठमाण्डु टुडे २०७१ असोज १२ गते २:४१ मा प्रकाशित

काठमाण्डु, १२ असोज– नेपाली फुटबल टिमले १७ औं एसियाली खेलकुदमा इराकसँग फिक्सिङ (मिलेमतो) गरेको आशंका गरिएको छ । त्यसबारे ओलम्पिक काउन्सिल अफ nepal vs iraqएसिया (ओसिए) ले एसीयाली फुटबल महासंघसँगको सहकार्यमा अनुसन्धानसमेत थालेको छ ।
नेपाल र इराकसहित तीन खेलमा मिलेमतोको उच्च सम्भावना भएको सूचनालाई आधार मानी छानबिन सुरु गरिएको हो । बोटिङ कम्पनी स्पोर्टराडारले बाजीको परिमाणमा अस्वभाविक परिवर्तन भएकाले मिलेमतो हुनसक्ने रिपोर्ट सार्वजनिक गरेको थियो ।

त्यसलाई लिएर अन्तर्राष्ट्रिय मिडियाहरुले उच्च प्राथमिकताका साथ समाचार छापेका छन् । ‘यसलाई गम्भीर रुपमा लिएका छौं,’ ओसीएको यो भनाइ एएफपीलगायत समाचार एजेन्सीहरुले लेखेका छन् ।
फिफाले फुटबलमा मिलेमतोलाई सबैभन्दा ठूलो सत्रु घोषणा गरेको छ । यस्तोमा नेपालको खेल मिलेमतो आशंकामा पहिलोपटक अनुसन्धानको घेरामा परेको हो । भदौ २९ गते इन्चोनमा भएको खेलमा नेपाल चार शून्यले इराकसँग हारेको थियो ।

पहिलो हाफमा २–० ले पछि परेको नेपालले ८५ औं र ९० मिनेटमा थप गोल खाएको थियो । अन्तिम गोल नेपाली खेलाडी रोकित चन्दको आत्मघाती गोल भएको थियो ।
कुवेतसँग ५–० ले हारेको खेलमा पनि नेपालले दोस्रो हाफमा चार गोल खाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us