विधवा बुहारी बिहे गर्नेलाई ससुराले दिए एक अरब दाइजो

काठमाण्डु टुडे २०७१ असोज ११ गते १४:३३ मा प्रकाशित

एजेन्सी–भारत पोरबन्दरका सांसद बिट्ठल रादडियाले आफ्नी  विधवा  बुहारीको दोस्रो विवाह गरिदिएका छन् ।
biththalबाबुकै हैसियतमा उनले बुहारीको धुमधामसँग कन्यादन गरे । बिट्ठलले बुहारी विवाह गर्ने दुलहालाई एक अरब भारतीय रुपैयाँ दाइजो दिएका छन् ।

बिठ्ठल भारतीय जनता पार्टीका सांसद हुन् । उनले शुक्रबार बुहारी मनीषाको राजकोटका हार्दिक चोवाटियासँग गरिदिएका हुन् । जो उनका कान्छा छोरा ललितका साथी हुन् । मनिषाका श्रीमान कल्पेशको सात महिनाअघि हृदयघातका कारण निधन भएको थियो । कल्पेश र मनिषाका दुई छोरी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us