१५ लाख फिरौती बुझाउन नसक्दा मारिए मेनपावर व्यवसायी

काठमाण्डु टुडे २०७१ असोज ११ गते १४:१८ मा प्रकाशित

नवलपरासी, ११ असोज– भैरहवाका मेनपावर व्यवसायी आकाश गुरुङको नवलपरासीमा विभत्स हत्या भएको छ ।
फिरौती तिर्न नसकेका कारण अपहरणको १५ दिनपछि स्थल महेन्द्र राजमार्गको भूताहा बजारबाट करिब ४ किलोमिटर उत्तरतर्फ बर्दघाट नगरपालिका–१० स्थित सामुदायिक वनमा फेला परेको हो ।

अपहरणकारीले गुरुङसँग  एक करोड नगद माग गरेका थिए । त्यति रकम नपाएको भन्दै उनको हत्या भएको हो । गुरुङको पहिरनका आधारमा मृतकको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक हेमकुमार थापाले बताए ।

रुपन्देही सिद्धार्थनगरपालिका–८ कैलाशपथ निवासी ३८ वर्षीय गुरुङलाई अपहरणकारीले गत भदौ २८ गते अपहरण गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us