बाढीप्रहिरो पीडितलाई दसैं मान्न तीन हजार

काठमाण्डु टुडे २०७१ असोज ११ गते १०:५२ मा प्रकाशित

काठमाण्डु, ११ असोज– सरकारले बाढी पहिरो पीडितलाई दसैं, तिहार र छठ पर्व मनाउन प्रतिपरिवार तीन हजार रुपैयाँ दिने भएको छ ।
केन्द्रीय दैवी प्रकोप उद्दार समितिले बाढी पहिरो प्रभावितलाई ३ हजारका दरले राहत दिने निर्णय गरेको हो ।
npरिपोर्टर्स क्लबले शनिबार गरेको कार्यक्रममा सिञ्चाईमन्त्री एनपी साउदले बाढीपहिरो पीडितलाई प्रतिपरिवार उक्त रकम दिन लागिएको बताएका हुन् ।

यसअघि सरकारले बाढी प्रभावित परिवारलाई ३५ रुपैयाँ दिने गरेकामा असोज महिनाभर ५० रुपैयाँ दिने निर्णय गरिएको जानकारी दिए । बाढी पहिरो विस्थापितको पुनःस्थापना र पुनर्बास प्याकेज तयार भइरहेको भन्दै उनले बाढी पीडितलाई १६ करोड रुपैयाँको राहत वितरण गरिसकिएको बताए ।
बाँके, बर्दीया, सुर्खेत, मुगु र दाङ लगायत विभिन्न क्षेत्रमा १० हजार घर पूर्ण क्षती भएको र २५ हजार आंशिक क्षतिग्रस्त बनेको तथ्याङक प्रस्तुत गर्दै साउदले यसबाट १३ अर्ब बढीको संरचना समेत नोक्सानी भएको बताए ।
बाढी पहिरो प्रभावित क्षेत्रको भ्रमणबाट फर्किएका राष्ट्रपति रामवरण यादवले शुक्रबार कार्यबाहक प्रधानमन्त्री बामदेव गौतमलाई शीतलनिवास बोलाएर प्रभावित क्षेत्रका जनतालाई दसैं खर्च दिन आग्रह गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us