एसियाड क्रिकेटमा नेपालको सुखद सुरुआत, कुवेत ९ विकेटले पराजित

काठमाण्डु टुडे २०७१ असोज ११ गते ७:४८ मा प्रकाशित

इन्चोक, ११ असोज– कोरियामा जारी १७ औँ एसियाडअन्तर्गत क्रिकेटमा नेपालले सुखद सुरुआत गरेको छ ।
Nepal-Vs-kuwetसमूह चरणको पिहलो खेलमा नेपालले कुवेतलाई ९ विकेटले पराजित गरेको हो । कुवेतले प्रस्तुत गरेको २१ रनको झिनो लक्ष्य नेपालले मात्र १७ बलमा १ विकेटको क्षतिमा भेट्टायो ।

नेपालका लागि सागर पुन ९, सुवास खकुरेल ७ र विनोद भण्डारी ५ रनमा अविजित रहे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले कमजोर सुरुआत गर्दै २० रन मात्र बनाउन सक्यो ।

१३.२ बल मात्र खेलेको कुवेतले सबै विकेट गुमाएर मात्र २० रन बनाएको हो । नेपालका लागि सोमपाल कामी र वसन्त रेग्मीले समान ३ तथा सागर पुनले २ विकेट लिए । कुवेतका लागि वैदाक तेरक र बास्ताकी फहादले ४/४ रन बनाए ।

कुवेतका अन्य ५ खेलाडी उक रन पनि नजोड्दै आउट भए । बंगलादेशमा केही समयअघि सम्पन्न विश्वकपमा सहभागिता जनाएको नेपाली टोलीलाई पदकको दाबेदार मानिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us