एकाबिहानै बोगटी निवास पुगे प्रचण्ड

काठमाण्डु टुडे २०७१ असोज ११ गते ३:४४ मा प्रकाशित

विदुर, ११ असोज– एकीकृत माओवादीले पार्टीका दिवंगत उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधन भएको १३ औं दिनको अवसर पारेर आज बोगटीको जन्मस्थल prachandaनुवाकोटको तुप्चेमा श्रद्धाञ्जलीसभा गर्दैछ ।
तुप्चे–२ स्थित बोगटी निवासनजिकै कोलडाँडामा हुने श्रद्धाञ्जली सभालाई सम्बोधन गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव वर्षमान पुन तथा नेताहरु नारायण दाहाल र हितबहादुर तामाङसहित बिहानै नुवाकोट पुगेका छन् ।

गत भदौ २६ गते घरमै बसिरहेका बेला एकसाथ हृदयघात र मस्तिष्कघात भएका उपाध्यक्ष बोगटीको राजधानीको नर्भिक अस्पतालमा उपचारका क्रममा भदौ ३० गते निधन भएको थियो ।

श्रद्धाञ्जलीसभालाई सम्बोधन गरेर नेताहरु आजै राजनधानी फर्कने कार्यक्रम रहेको एमाओवादी नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us