सैनिक जवानले युवती जिस्काएपछि………

काठमाण्डु टुडे २०७१ असोज ११ गते २:४४ मा प्रकाशित

काठमाण्डु, ११ असोज– युवती जिस्काएको आरोपमा एक सैनिक जवान पक्राउ परेका छन् ।
धनकुटाको हिलेस्थित ब्यारेकमा कार्यरत सैनिक जवान कृष्णकाजी श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त     दरबारमार्गको टोलीले युवती जिस्काएको आरोपमा घण्टाघरबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पीडित युवतीको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो । सैनिक जवानलाई प्रहरीले कारबाही गर्न नामिल्ने भएका कारण उनलाई सैनिक प्रहरीको जिम्मा लगाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us