नेपालमै हुने उपचारका लागि अमेरिका गए खनाल

काठमाण्डु टुडे २०७१ असोज ११ गते २:१० मा प्रकाशित

काठमाण्डु, ११ असोज– एमाले वरिष्ठ नेता झलनाथ खनाल उपचार गर्न शुक्रबार अमेरिका गएका छन् ।
JN-Khanalप्रोस्टेटको शल्यक्रियाका लागि वासिङटनस्थित जोन हव किङ्स अस्पतालमा चिकित्सकसँग समय मिलाएपछि उनी अमेरिका गएका हुन् । खनालको अमेरिकामा हुने उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भएको छ ।

गत २ असोजमा बसेको मन्त्रिपरिषद्को बैठकले उनको जाने आउनेसहित उपचारमा लाग्ने खर्च व्यहोर्ने निर्णय गरेको थियो । ‘उपचारपछि आएको बिलअनुसार निकासा गर्ने कुरा भएको छ,’स्वस्थ्य मन्त्रालय स्रोतले भन्यो,‘ आते–जातेका लागि पेस्कीको व्यवस्था मिलाउने तयारी हुँदै थियो, तर काम गर्दागर्दै ढिला भयो । त्यो पनि आएपछि मिल्नेछ ।’
नेपलामा हुन्छ उस्तै उपचार
पुरुषहरुमा विर्य बनाउने एक प्रकारको ग्रन्थी हुन्छ, जसलाई प्रोस्टडग्रन्थी (पुरुष गन्थी) पनि भनिन्छ । यो पिसाब थैलीको तलतिर र पिसाब नलीको सुरु भागको वरिपरि हुन्छ ।

सामान्यतः ५० वर्ष माथिका पुरुषलाई यो समस्या देखापर्छ । सुरुमा पिसाब नलीको सुरुको भागको वरिपरि समस्या हुन्छ । यसको राम्रो उपचार नेपालमा हुन्छ ।
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us