संविधान जारी गर्न माओवादीसँग मिलेर काम गरिरहेको छु: प्रधानमन्त्री

काठमाण्डु टुडे २०७१ असोज ११ गते २:२५ मा प्रकाशित

काठमाण्डु, ११ असोज– प्रधानमन्त्री सुशील कोइरालाले संयुक्त राष्ट्रसंघको ६९ औं महासभालाई सम्बोधन गरेका छन् ।
Sushil-Koiralaराष्ट्रसंघीय महासभालाई आज बिहान न्यूयोर्कमा सम्बोधन गर्दै उनले तत्कालिन विद्रोही माओवादीसहित नेपालका राजनीतिक दलहरु निर्वाचित संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी गर्न सँगै मिलेर काम गरिरहेको बताए

। नेपाललाई शान्ति, स्थायित्व, विकास र सुशासनको लोकतान्त्रिक पद्धतिमा डोर्‍याउन र संविधानवाद, राजनीतिक बहुलवाद, विधिको शासनको परिधिभित्र रहेर संविधानसभाभित्र र बाहिरका राजनीतिक दलहरुलाई साथै लिएर अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो  ।
नेपाली जनताको लोकतान्त्रिक पद्धतिप्रतिको अविचलित विश्वास र निष्ठाका कारण सशस्त्र विद्रोही माओवादीलाई शान्तिपूर्ण प्रजातान्त्रिक प्रक्रियामा ल्याउन र निरङ्कुश राजसंस्थालाई हटाएर मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सम्भव भएको कोइरालाले बताए ।

उनले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नमुना बनेको पनि बताए । प्रधानमन्त्री कोइरालाले नेपालको शान्ति र विकास प्रयासमा छिमेकी मुलुक भारत र चीनसहित राष्ट्रसंघ, अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र ऐक्यबद्धताप्रति खुलेर प्रशंसा गरे ।
अल्पविकसित राष्ट्रहरुको खासखास आवश्यकताको सम्बोधन र उनीहरुको समावेशी विकासका लागि साधन स्रोतको वृद्धिमा जोड दिँदै प्रधानमन्त्री कोइरालाले भने अल्पविकसित र भूपरिवेष्ठित मुलुक नेपालले संस्थागत अभाव, दक्षतामा कमी, व्यापक र जटिल विकासका चुनौतीहरुको सामना गरिरहनु परेको उल्लेख गरे ।
कोइराला भोलि आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us