महिलाले बनाए नेपाली पेन्सिल

काठमाण्डु टुडे २०७१ असोज ११ गते २:१४ मा प्रकाशित

काठमाण्डु, ११ असोज– तीन वर्षसम्म सुधा बस्नेत महिलाका विषयमा लेख लेख्थिन्, महिलाको काम, सामाजिक–आर्थिक अवस्था, आय आर्जन, शिक्षा, सीपमूलक तालिम जोडेर ।
तर, उनले जुन वर्गलाई लक्षित गरिन्, लेखको सन्देश उक्त समूहसम्म पुगेजस्तो लागेन । अनि ठहर गरिन्, ‘लेखभन्दा प्रभावकारी माध्यम सीपमुलक तालिम नै हुन सक्छ ।’
काठमाण्डु महाराजगञ्जकी बस्नेतले केही गर्न खोज्ने महिला जम्मा गरिन् र उनीहरुलाई आफ्नो आइडिया बताइन्, ‘सीपमुलक काममार्फत रोजगारीको अवसर सिर्जना गर्ने ।’ अन्य महिलाले पनि हातमा हात मिलाए । बस्नेतकै प्रयासमा १५ महिलाको समूह बन्यो । नाम जुर्‍यो ।  ‘विमन्स ड्रिम मल्टी सर्भिस प्रालि’ ।

यो समूहकी अध्यक्ष उनै बस्नेत हुन् । ‘महिलालाई सीप सिकाउन हामीले यो समूह बनाएका हौं,’ उनी भन्छिन्, ‘१५ जना महिलाको लगानीमा व्यवसाय सुरु गरेका हौं ।’ अनि छोटो समयमै उनीहरुले व्यवसायमा सफलता पनि पाइरहेका छन् ।

उनीहरुको सफलता भनेको नेपालमै पेन्सिल उत्पादन गर्नु हो । अहिले उनीहरु पेपर पेन्सिल उत्पादन गरिरहेका छन् । नेपालमै पेन्सिल उत्पादन गर्ने आफूहरु पहिलो भएको बस्नेत दाबी गर्छिन् ।  नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us