प्रेमको नाटक रचेर भारतमा प्रेमिका बेचेपछि……..

काठमाण्डु टुडे २०७१ असोज ११ गते २:०८ मा प्रकाशित

काठमाण्डु, ११ भदौ– प्रेंमको नाटक गरी एक युवतीलाई भारतको राजधानी नयाँदिल्ली पुर्‍याई बिक्री गर्ने युवक पक्राउ परेका छन् । नेपाल प्रहरीको न्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) ले नुवाकोटका राजु तामाङलाई बुधबार काठमाण्डुबाट पक्राउ गरेको हो ।
दिल्ली घुम्न जाने र उतै काम गरी बस्ने भन्दै तामाङले १५ वर्षीया युवतीलाई दिल्ली लगेका थिए । त्यहाँ केही दिन सँगै रहेपछि उनले ती युवतीलाई कोठीमा लगेर बिक्री गरेका थिए ।

प्रहरीले माइती नेपालको सहयोगमा गत चैत्रमा ती युवतीको उद्धार गरेको थियो । फररा तामाङ ६ महिनापछि पक्राउ परेका हुन् । अभियुक्त तामाङले आफूलाई अरु व्यक्तिले यस्तो काममा लगाएको बताएका छन् ।
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us