हाम्रा प्रधानमन्त्रीलाई लुत्तो आएको छ कि, जुम्रा परेको छ ?

काठमाण्डु टुडे २०७१ असोज १० गते १४:४० मा प्रकाशित

काठमाण्डु, १० असोज– प्रधानमन्त्री सुशील कोइराला फोक्सोको क्यान्सर पीडित हुन् । तर, हालै अमेरिकामा स्वास्थ्य परीक्षण गराएका उनी क्यान्सरमुक्त रहेको घोषणा pm 1चिकित्सकले गरेका छन् ।
तर, कोइरालाको शरीरमा चर्म रोग वा जुम्रा परेको जस्तो देखिन्छ हालै सार्वजनिक एक तस्वीरमा ।  कोइराला संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुने क्रममा अहिले न्युयोर्कमा छन् । सामाजिक सञ्जालहरुमा सार्वजनिक भएको तस्वीरमा कोइरालाले गति छाडेका छन् ।

एउटा तस्वीरमा उनले गन्जीबाट हात छिराएर जुम्रा कन्याए जसरी कन्याए छन् । उनका साथमा दुई जना नेपाली देखिन्छन् । एकजनाले प्रधानमन्त्रीलाई अंगालो नै मारेका छन् । तस्वीरको प्रकृति हेर्दा ती युवाले प्रधानमन्त्रीसँग बसेर सोखका लागि तस्वीर लिएजस्तो देखिन्छ ।

pm 2प्रधानमन्त्री भने शरीर कन्याउन मै मस्त छन् । अर्को तस्वीर पनि सामाजिक सञ्जालमा भाइसर जसरी फैलिएको छ ।प्रधानमन्त्री राहत कोषमा बाढी पीडितका लागि रकम हस्तान्तरण गर्दा खिचिएको तस्वीर हो । कोइरालाले कलर नभएको गञ्जी र पाइजामा लगाएका छन् ।

सँगै उभिएका गैरआसावीय नेपाली संघ अमेरिकाका अध्यक्ष खगेन्द्र जिसी र नेपाली जनसम्पर्क समिति अमेरिकाका संयोजक विष्णु सुवेदी औपचारिक पोशाकमा छन् । प्रधान्मन्त्रीकाे यस्ताे अशाेभनीय तस्वीरकाे सामाजिक सञ्जालमा व्यापक अालाेचना भएकाे छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us