सिटीद्वारा म्यानचेष्टर ७–० ले पराजित

काठमाण्डु टुडे २०७१ असोज ९ गते ३:३३ मा प्रकाशित

काठमाण्डु, ९ असोज– क्यापिटल वान कप फुटबलमा म्यानचेष्टर सिटीले सेफिल्डलाई ७–० गोल अन्तरले पराजित गरेको छ ।
manchesterगएराति भएको खेलमा १० खेलाडीमा सीमित सेफिल्डलाई सिटीले ७ गोलले हराएको हो । पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको सेफिल्डले दोस्रो हाफमा सात खायो ।
सिटिको जितमा फ्राङ्क लाम्पार्ड र जोकोले समान २–२ तथा नाभास, याया टोरे, जोशे पोजेले १–१ गोल गरे ।
खेलको ५९ औं मिनेटमा लाम्पार्डलाई फल गरेपछि कामिलले रातो कार्ड पाएर बाहिरिएका थिए । बुधबारै भएको अर्को खेलमा चेल्सीले बोल्टनलाई २–१ गोल अन्तरले हराएको थियो । चेल्सीका लागि के जौमा र ओस्कारले गोल गरेका थिए । बोल्टनका लागि मिस्सले एक गोल गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us