
काठमाण्डु, ८ असोज – नेपाली महिला क्रिकेट टोलाी १७ औं एसियाली खेलकुद अन्तरगत महिला क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।
बुधबार भएको खेलमा नेपाल बंगलादेशसँग ८१ रनले पराजित भएको हो । यो हारसँगै नेपालको पदक जित्ने सम्भावनामा सकिएको छ ।
बंगलादेशले दिएको १०८ रनको लक्ष्य पछ्याएको नेपालले १५।३ ओभरमा २६ रन जोड्दा सबै विकेट गुमायो । नेपालका कुनै पनि व्याट्सवुमनले अंक जोड्न सकेनन् । नेरी थापाले सर्वाधिक ८ रन जोडिन् ।
सरिता मगर र रेखा रावलले समान २र२ रन जोडिन् । सीता राना मगर, रुविना क्षेत्री, करुणा भण्डारी र सोनु खड्काले समान १र१ रन जोडिन् । इन्दु बर्मा, ममता चौधरी, अंजली चन्द र ममता थापाले खाता नै खोल्न सकेनन् ।
यसअघि पहिले व्याटिङ गरेको बंगलादेशले अयाशा रहमानको अर्धशतकको मदतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०७ रन बनाएको थियो । अयाशाले ६० बलमा अविजित ५१ रन बनाइन् ।