१३ एसएसपीको डिआईजीमा बढुवा

काठमाण्डु टुडे २०७१ असोज ६ गते १५:२० मा प्रकाशित

काठमाण्डु, ६ असोज– नेपाल प्रहरीका १३ एसएसपी डिआईजीमा बढुवा भएका छन् ।
police capउपप्रधान तथा गृहमन्त्री बामदेव गौतम नेतृत्वको मन्त्रालयस्तरको बैठकले बढुवा समितिको सिफारिसलाई सदर गर्दै सोमबार उनीहरुको बढुवा गरेको हो । नयाँ प्रहरी नियमावलीअनुसार गृहसचिव संयोजक रहने बढुवा सिफारिस समितिले १३ एसएसपीको नाम सिफारिस गरेको थियो ।

सिफारिसप्रति असहमति जनाउँदै वरिष्ठ उपरीक्षक ज्ञानोदराज वैद्यले उजुरी सुन्ने समितिमा उजुरी दिएका थिए । उक्त समितीले वैद्यको समेत बढुवा गर्न सिफारिस गरेको थियो । तर मन्त्रिस्तरीय बैठकले बढुवा समितिकै नामलाई सदर गरेको हो ।
बढुवा हुनेमा रामकुमार खनाल, मनोहर रिमाल, पूर्णसिंह खडा, पशुपति उपाध्ययाय, देवेन्द्र सुवेदी, विजयलाल कायस्थ, मधु पुडासैनी, माधव जोशी, केशरीराज घिमिरे, कमलसिंह बम, मिङमार लामा, पंकज श्रेष्ठ र माधव नेपाल छन् ।
बढुवा हुनेहरुलाई मंगलबार दज्र्यानी चिन्ह प्रदान गरिने प्रहरी मुख्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us