ओबामाको स्टाइल चोर्दैछन् मोदी

काठमाण्डु टुडे २०७१ भदौ २९ गते ४:१६ मा प्रकाशित

काठमाण्डु, २९ भदौ– आफ्नो अभियानलाई सामाजिक सञ्जालमार्फत जनतासामु पुग्ने माध्यम बनाएका अमेरिका अमेरिकी राष्ट्रपति बाराक modiओबामाले विश्वभर ख्यातिमात्रै कमाएनन्, विजय पनि हासिल गरे ।

सामाजिक सञ्जाल प्रयोग गर्न उनी निकै सिपालु मानिन्छन् । सामाजिक सञ्जालमार्फत आफ्ना विचार व्यक्त गर्दै जनताको मन जित्न सफल ओवामालाई सामाजिक सञ्जालमा मन पराउनेको जमात पनि ठूलो छ ।
बाराक ओवामापछि सामाजिक सञ्जाल प्रयोगमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो स्थानमा छन् । मोदीको जितमा पनि सामाजिक सञ्जालको प्रमुख भूमिका रहेको मानिन्छ । उनले पनि चुनावी अभियान तीव्र बनाउन सामाजिक सञ्जाल प्रयोग गरेका थिए ।

ट्वीटरको फलोअर हेर्ने हो भने मोदीलाई फलो गर्नेको संख्या बाराक ओवामापछि दोस्रो नम्बरमा छ । ट्वीटरमा मोदीको फलोअर ६. २९ मिलियन छन् भने ओबामाका ४६. ३ मिलियन । त्यसैगरी इन्डोनेसियाका राष्ट्रपति ५.३७ मिलियन फलोरका साथ तेस्रो नम्बरमा परेका छन् ।

मोदीको व्यक्तिगत खाताको फलोअरलाई जोड्ने हो भने उनका फलोअर ८.५ मिलियन पुग्छन् । मोदीले भर्खरै जापानको भ्रमणपछि जापानी भाषामा ट्वीट गरेका छन् । जापानी प्रधानमन्त्रीले अंग्रेजीमा त्यसको जवाफ दिएका थिए । जापानी प्रधानमन्त्रीले भारतका केबल दुईजना ९नरेन्द्र मोदी र राजनाथ० लाई फलो गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us