अपांग धावक पिस्टोरियसले प्रेमिका हत्या गरेको प्रमाणित

काठमाण्डु टुडे २०७१ भदौ २८ गते ४:५४ मा प्रकाशित

एजेन्सी–विश्व प्रसिद्द अपांग धावक ओस्कार पिस्टोरियसलाई दक्षिण अफ्रिकाको उच्च अदालतले प्रेमीका हत्याको अभियोगमा दोषी ठहर गरेको छ ।

Oscar-Pistorius
उनलाई आफ्नै प्रेमिका रिभालाई मारेको अभियोगमा अदालतले दोषी ठहर गरेको हो । उनलाई आगामी अक्टुबर १३ मा जेल सजाय सुनाइने फैसलामा उल्लेख छ । दक्षिण अफ्रिकी कानुनअनुसार उनलाई १५ वर्षसम्म कैद हुन सक्छ ।

तर उनलाई गैरन्यायिक हत्याअन्तर्गत नियोजित हत्यामा भन्दा कम सजाय हुने समाचारमा जनाइएको छ । पिस्टोरियसको ‘अविवेकपूर्ण हेल्चेक्र्याइंका कारण रिभाको मृत्यु भएको ठहर अदालतको छ । अदालतमा भएको अन्तिम सुनुवाइको बीबीसी, सीएनएनजस्ता विश्वका प्रमुख टिभी च्यानलहरुले प्रत्यक्ष प्रसारण गरेका थिए ।
गत फेब्रुवरी १४ तारिखमा भ्यालेण्टाइन डेका दिन उनले प्रमिका रिभा स्टिनक्याम्पलाई आफ्नै घरको बाथरुममा गोली प्रहार गरी हत्या गरेका थिए । उनले घरमा चोर घुसेको आशंकामा गोली प्रहार गर्दा झुक्किएर प्रेमीकालाई लागेको दाबी गर्दै आएका थिए ।

११ वर्षको उमेरमा दुवै खुट्टा गुमाएका उनले नक्कली खुट्टाको सहायतामा प्यारा ओलम्पिकमा धेरैपटक स्वर्ण पदक जितेका थिए । सन् २००४ को एथेन्स, २००८ को बेईजिङ हुँदै २०१२ को लण्डन ओलम्पिकमा दुवै खुट्टा भएकाहरुलाई पछि पार्दै उपाधि जितेपछि विश्वभर उनका बारोमा चर्चा फैलिएको थियो  ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us