
काठमाण्डु, २५ भदौ– राजधानीमा जारी एन्फा कप फुटबलको फाइनलमा झापा–११ र संकटा क्लबबीच आज उपाधि भिडन्त हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह हुने फाइनल भिडन्तमा दुवै टीमको यात्रा अप्रत्यासित मानिएको छ । मछिन्द्रका अधिकांश पूर्वखेलाडीलाई मैदान उतारेको झापा मनाङ र सशस्त्र प्रहरीको एपीएफलाई हराउँदै फाइनल पुगेको हो ।
यस्तै संकटा मोफसलको मोरङ–११ र विभागीय टोली त्रिभुवन आर्मीलाई हराएउँदै उपाधि नजिक पुगेको हो । संकटा ३६ वर्षपछि पहिलोपटक राजधानीमा हुने नकआउट फुटबलको उपाधिका लागि भिड्न लागेको हो ।
‘ए’ डिभिजनका ६ र मोफसलका २ टोली सहभागी प्रतियोगिताको विजेताले दश लाख तथा उपविजेताले पाँच लाख रुपैयाँ पाउने छन् ।