एसिसी यु–१६ प्रिमियर लिगका खेलाडी सम्मानित

काठमाण्डु टुडे २०७१ भदौ २५ गते ३:५९ मा प्रकाशित

काठमाण्डु, २५ भदौ– सरकारले मलेसियामा भएको सोह्र वर्षमुनिका खेलाडी सम्मिलित एसियाली क्रिकेट परिषद् (एसिसी यु–१६)  प्रिमियर लिग u-16 teamक्रिकेट प्रतियोगितामा सहभागी खेलाडीलाई सम्मान गरेको छ ।
युवा तथा खेलकुद मन्त्रालयद्वारा बुधबार राजधानीमा आयोजित कार्यक्रममा खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा, मन्त्रालयका सचिव दीपेन्दनाथ शर्मा लगायतले संयुक्त रुपमा १४ खेलाडीसहित मुख्य प्रशिक्षक वसन्त शाही, सहायक प्रशिक्षक राजु बस्नेत र व्यवस्थापक रामजी तामाङलाई सम्मानस्वरुप जनही ५० हजार प्रदान गरेका हुन् ।

कार्यक्रममा मन्त्री पौडेलले नेपाली टोलीको सफलताले खेलप्रेमीलाई उत्साहित बनाएको बताए ।
पर्याप्त अभ्यास पाए क्रिकेट मात्र नभई अन्य विधाका खेलले पनि नेपालमा पदक भित्र्याउने विश्वास उनको थियो । खेलकुद क्षेत्रमा सरकारको लगानी पर्याप्त नरेहको उनले स्वीकार गरे ।

गत अगष्ट १२ देखि २१ तारिखसम्म मलेसियामा सञ्चालन भएको प्रतियोगितामा नेपालले उमेर समूहमा पहिलोपटक उपाधि जितेको थयो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us