कुबेतविरुद्ध भिड्ने भए विमल

काठमाण्डु टुडे २०७१ भदौ २४ गते ३:४४ मा प्रकाशित

काठमाण्डु, २४ भदौ –थाइल्यान्डमा जारी एएफसी यू– १६ च्याम्पियनसिप फुटबलमा नेपालले मंगलबार बलियो प्रतिद्वन्द्वी कुवेतको सामना गर्ने bimal-ghartiभएको छ ।
दोहोरो पहेँलो कार्ड पाएका कारण पहिलो खेल गुमाएका कप्तान विमल घर्तीमगरको आगगमनपछि दोस्रो खेलमा नेपाली युवा टोलीको हौसला अझै बढेको छ । उनले उज्वेकिस्तानको पहिलो खेलमा भने सहभागिता जनाउन पाएका थिएनन् ।
विमलले सोमबार टोलीसँग अभ्याससमेत गरे । थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलमा घाइते भएका कारण विमलले विगत एक सातादेखि अभ्यास गरेका थिएनन् । प्रतियोगिताको पहिलो खेलमा नेपालले साविक विजेता उज्वेकिस्तानलाई १–१ गोलको बराबरीमा रोकेको थियो ।

इन्जुरी समयको अन्तिम मिनेटमा किरण सुनारले गोल गरेपछि नेपालले महत्वपूर्ण एक अंक हात पारेको थियो । प्रशिक्षक बालगोपाल महर्जनले विमलको आगमनले नेपाली टोली थप बलियो भएको प्रतिक्रिया दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us