आर्मीलाई हराउँदै संकटा उपाधिनजिक

काठमाण्डु टुडे २०७१ भदौ २३ गते १३:२१ मा प्रकाशित

काठमाण्डु, २३ भदौ– संकटा क्लब राजधानीमा जारी एन्फा कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
anfaदशरथ रंगशालामा सोमबार भएको अन्तिम सेमिफाइनलमा विभागीय टोल त्रिभुवन आर्मीलाई १–० ले हराउँदै संकटा उपाधिनजिक पुगेको हो । संकटाको जितमा खेलको ६२ औं मिनेटमा सुमन लामाले गोल गरे ।
उपाधिका लागि संकटाले बुधबार झापा–११ सँग फाइनल खेल्नेछ । सेमिफाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–० ले हराउँदै झापाले फाइनलमा स्थान पक्का गरेको हो ।
मोफसलका २ सहित ८ टोली सहभागी प्रतियोगिताको विजेताले दश लाख तथा उपविजेताले पाँच लाख रुपैयाँ पाउने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us