यू–१६ च्याम्पियनसिपमा नेपालले उज्वेकिस्तानलाई बराबरीमा रोक्यो

काठमाण्डु टुडे २०७१ भदौ २२ गते ४:०५ मा प्रकाशित

काठमाण्डु, २२ भदौ– नेपालले १६ वर्ष मुनिको एएफसी च्याम्पियनसिपमा नेपालले डिफेन्डिङ च्याम्पियन उज्वेकिस्तानलाई बराबरीमा रोकेको छ ।

U-16-football-team
बैंककमा भएको आफ्नो पहिलो खेलमा खेलको अतिरिक्त समयमा किरण सुनारले गरेको गोलको मद्धतमा नेपालले उज्वेकिस्तानलाई बराबरीमा रोकेको हो ।

उज्वेकिस्तान समूह चरणको सबैभन्दा राम्रो मानिएको टोली हो । खेलमा उज्वेकिस्तानले ५३ औं मिनेटमा पेनाल्टीमार्फत एक गोल गर्दै अग्रता लिएको थियो ।

थाइल्याण्डको मुवाङ थोङ रंगशालामा भएको खेलमा नेपाल नियमित कप्तान विमल घर्तीमगरबिना मैदान उत्रिएको थियो । छनोट चरणमा पाएको दुई वटा पहेँलो कार्डका कारण विमलले उज्वेकिस्तानविरुद्धको खेल गुमाएका हुन् । खेलको सुरुबाटै उज्वेकिस्तानले नेपाली टोलीलाई दबाबमा राखेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us