एपीएफलाई हराउँदै झापा एन्फा कपको फाइनलमा

काठमाण्डु टुडे २०७१ भदौ २२ गते ३:२१ मा प्रकाशित

anfaकाठमाण्डु, २२ भदौ– झापा ११ सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउँदै राजधानीमा जारी एन्फाकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार भएको सेमिफाइनलमा झापाले एपीएफलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

झापाको जितमा कर्ण लिम्बू नायक बने । खेलको २२ औँ मिनेटमा योगेश गुरुङले प्रहार गरेको फ्रि किकलाई सदुपयोग गर्दै लिम्बूले गोल गरे ।

८५ औँ मिनेटमा पेनाल्टीमार्फत उनले थप एक गोल गर्दै टिमको जित सुनिश्चित गरे । खेल अवधिभर झापालाई दबाबमा राखेको एपीएफले गोल भने गर्न सकेन । प्रतियोगिताको दोश्रो सेमिफाइनल खेलमा सोमबार विभागीय टोली आर्मीले सङ्कटा क्लबको सामना गर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us