नेयमार बार्सिलोनाका कप्तान

काठमाण्डु टुडे २०७१ भदौ २० गते १४:४५ मा प्रकाशित

काठमाण्डु, २० भदौ– बार्सिलोनाका स्टार स्ट्राइकर नेयमारले ब्राजिलको टिम सम्हाल्ने जम्मेवारी पाएका छन् ।
neymarकोलम्बियासँगको मैत्रीपूर्ण खेलमा उनले बार्सिलोना टिमको कप्तानी गर्ने भएका हुन् । आगामी शुक्रबार हुने खेलमा प्रशिक्षक डुंगाले नेयमारलाई कप्तानीको जिम्मा दिएका हुन् ।
डुंगाले नेयमारमा कप्तानमा हुनुपर्ने सबै गुण रहेकाले उनलाई टिमको जिम्मा लगाइएको बताएका छन् । ब्राजिलमा विश्वकप २०१४ मा टिमको कप्तानी समालेका थियागो सिल्भाले सम्हालेका थिए ।

‘नेयमारलाई कप्तान बनाउने निर्णय पहिले नै भइसकेको थियो’, डुंगाले भने,  ‘उमेरमा सानै भए पनि उनीसँग खेलाडीमा हुनुपर्ने सबै क्षमता छ ।’
कप्तानको काम भनेको खेलमा स्तर बढाउने भएको भन्दै उनले त्यो क्षमता नेयमारमा मात्र भएको दाबी गरे । डुंगाले नेयमारको कप्तानीमा बार्सिलोनाले सन् २०१८ को विश्वकप उपाधि जित्ने दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us