एन्फा कपमा मोरङलाई हराउँदै संकटा सेमिफाइनलमा

काठमाण्डु टुडे २०७१ भदौ २० गते ३:४४ मा प्रकाशित

anfa

काठमाण्डु, २० भदौ – मोरङ फुटबल क्लवलाई हराउँदै संकटा क्लव एन्फा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

दशरथ रंगशालामा भएको खेलमा मोरङलाई १–० ले हराउँदै संकटा अन्तिम ४ मा पुगेको हो ।

संकटालाई जिताउन खेलको एक मात्र गोल वर्षात गुरुङले खेलको ५१ औं मिनेटमा गरे ।

संकटाले अब फाइनल प्रवेशका लागि २३ गते नेपाल आर्मीसँग खेल्ने छ । २२ गते हुने अर्को सेमिफाइनलमा भने झापा फुटबल क्लव र सशस्त्र प्रहरीको एपिएफ क्लवले खेल्ने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us